नियम ३
पदीय मर्यादा कायम राख्नु पर्ने
(१) निजामती कर्मचारीले आफ्नो पदीय जिम्मेवारीको पालना गर्र्दा सदैव राष्ट्र र जनताको बृहत्तर हितलाई ध्यानमा राखी प्रचलित कानूनको अधिनमा रही गर्नु पर्नेछ।
(२) निजामती कर्मचारीले नेपाल राष्ट्र तथा सरकार प्रति बफादार रही आफ्नो सेवाको मर्यादा र गरिमामा आँच पुग्ने गरी कुनै पनि काम नगर्न र हुन नदिन सदा सचेष्ट रहनु पर्नेछ ।
(३) निजामती कर्मचारीले आफ्नो पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकारात्मक रहनुपर्ने तथा अरुको लागि अनुकरणीय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नु पर्नेछ ।
(४) निजामती कर्मचारीले आफ्नो पद अनुरुपको जिम्मेवारी तदारुकताका साथ पालना गर्नु पर्नेछ ।
(५) कुनै पदमा बहाल रहेको निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी वेग्लै व्यवस्था भएकोमा त्यस्ता आचरणको समेत पालना गर्नु पर्नेछ ।